काठमाडौँ । निर्वाचन आयोगले जरिवाना नबुझाएका ६ राजनीतिक दलको दर्ता खारेज गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ (४) अनुसार कारबाही गर्दै आयोगले उक्त दलहरूको दर्ता रद्द गरेको हो।
दर्ता खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) तथा माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन्।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार ती दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ बमोजिम खारेज गरिएको हो।
निर्वाचन आयोगमा यसअघि १४३ राजनीतिक दल दर्ता रहेकामा ६ दल खारेज भएसँगै हाल दर्ता दलहरूको संख्या १३७ मा झरेको छ।