ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

दियोपोस्ट संवाददाता

काठमाडौँ । केपी ओली सरकारका तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान भएका छन् । विशेष अदालतमा भएको थुनछेक बहस पछि न्यायाधिसहरु सुदर्शनदेव भट्ट, दिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।

पोखराको बाटुलेचौरस्थित लिची बगानको वास्तविक जग्गा धनी सुरजकुमार शाहलाई अदालतको फैसला अनुसार जग्गाको हक कायम गराइदिने भनेर ५ करोड लिएको आरोपमा गुप्ता थुनामा रहेका थिए ।

सोही मुद्धामा अख्तियारले उनलाई प्रतिवादी बनाएर मुद्धा गरेको थियो । सोही मुद्धामा उनी कारागार चलान भएका छन् ।

 

 

सम्बन्धित खबर

सिफारिस