सुर्खेत, मंसिर १५ । जिल्ला प्रहरी कार्यालयले जुवातासबाटै रु ११ लाख ५० हजार २८ बरामद गरेको छ । खासगरी दशैँतिहारका समयमा सुर्खेत प्रहरीले नगदका साथै ७७ जुवाडेलाई नियन्त्रणमा लिएको र ११ मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक रजौरेले जनाउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीले लागुऔषधअन्तर्गत ३१ मुद्दा दर्ता गरेका छौँं जसमा ३६।६४ ग्राम ब्राउन सुगर र ११ किलो ५०० ग्राम गाँजासहित ४८ पुरुष र चार महिलालाई नियन्त्रण लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ ।”
त्यसैगरी प्रहरीले चोरीअन्तर्गत आठ मुद्दा दर्ता गरेर रु ३९ हजारसमेत बरामद गर्नाका साथै तीन ल्यापटप, मोबाइल, ब्याट्री, ट्र्याक्टरको इञ्जिनसहित यान्त्रिक पाटपूर्जा र धातु गरी ९२ थान जिन्सी बरामद र ११ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिहार एवं विभिन्न समयमा विस्फोटक पदार्थ ९पटाका० ११ हजार २७२ थान र विस्फोटक पदार्थ दुई थान सेफ्टी फ्यूज, डेटोनेटर तीन थान, गन पाउडर १२ किलो ७५० ग्राम र भरुवा बन्दुक एक थान बरामद गरिएको छ । अर्कातर्फ १७० क्युफिट अवैध काठसमेत बरामद गरिएको छ । (रासस)