देशभर प्रदर्शन गर्दै तरुण दल

Diyo post  

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भोलि देशैभर प्रदर्शन गर्ने तयारी गरेको छ । संघका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै निर्मलाका दोषी पत्ता लगाई कारवाही गर्ने सहितका माग गर्दै दलले विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

साथै, वाइडबडी जहाज खरिदमा गरिएको अकुत भ्रष्टाचार, राष्ट्रपतिलाई १८ करोडको गाडी लगायत सरकारी निकायमा देखिएको भ्रस्टाचार, महंगी विरुद्ध १७ मंसिरमा देशैभर विरोधको कार्यक्रम गर्ने जानकारी शाहीले दिए ।

सम्बन्धित खबर