काठमाडांै मंसिर १६ । १ वर्षको अवधिमा नेप्से परिसुचक झण्डै ४ सय अंकले घटेको छ । १ वर्षअघि आजकै दिन १५ सय २७ अंकमा रहेको नेप्से परिसुक आज ११ सय ३० दशमलव ६३ अंकमा आईपुगेको हो । १ वर्षको अवधिमा कारोबार मापक नेप्से परिसुचक १५ सय २७ बिन्दुबाट माथि गएको नेपाल स्टक एक्सचेन्जसँग रेकर्ड छैन । कम्युनिष्ट सरकार गठन भएसँगै देशमा आर्थिक विकास हुने अपेक्षा गरिएको भएपनि पछिल्लो तथ्यांकले लगानीकर्ता निरुत्साहित भएको देखिन्छ । पुँजीबजारलाई अझ व्यवस्थित गर्ने भन्दै नेपाल स्टकले अनलाईन प्रणालीमार्फ कारोबार सुरु गरेपनि अझै सुधारिन सकेको छैन ।
यस्तै कारोबारको पहिलो दिन आज परिसुचक बिहीबारको तुलनामा झण्डै १८ अंकले घटेको छ । व्यापारीक समूहबाहेक सबै समूहको उप–सुचक घटेपछि आज नेप्से परिसुचक १७ दशमलव ७३ अंकले घटेको हो । आज दिनभरको कारोबारमा ४५ करोड ४६ लाख रपैयाँ बराबरका १४ लाख ४२ हजार कित्ता शेयर किनबेच भएका छन् । आजको कारोबारबाट लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै ८ प्रतिशत गुमाए भने विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ प्रतिशत गुमाएका छन् ।