काठमाडौँ, मंसिर १६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्डस, त्रिभुवन आर्मी र जावलाखेल युथ क्लव विजयी भएका छन् । सातदोबाटोमा भएको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हराउँदै पहिलो जित दर्ता गरेको छ ।
फ्रेण्ड्सको जितमा संजोग महर्जन, अनिल महर्जन र फोफाना ब्राहिमानले एक एक गोल गरे । अघिल्लो चारमध्ये तीन खेल हारेको फ्रेण्ड्सले चार अंक जोडेको छ । मच्छिन्द्र भने अझै पनि जितविहीन छ ।
यस्तै त्रिभुवन आर्मी क्लबले हिमालय शेर्पालाई २–० ले हराएको छ । आर्मीका लागि दुबै गोल कप्तान भरत खवासले गरेका हुन् । जितसँगै आर्मीले ५ खेलबाट १३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै जावलाखेल युथ क्लवले ब्रिगेड ब्वाईज क्लवलाई १–० ले हराउदै पहिलो जित दर्ता गरेको छ । जावलाखेलका लागि अरुज सिंहले गोल गरेका हुन् ।