७ वर्षीय बालकको कमाइ २ अर्ब ४७ करोड, तर कसरी ? (भिडियो सहित)

Diyo post  

सात वर्षको एक बालकले कति पैसा कमाउन सक्छ ? तपाईं भन्नुहोला यति सानो उमेरको बच्चाले पनि कहीँ काम गर्छ र पैसा कमाउनलाई ।

तर नन्हे रेयान सात वर्षका बालक हुन् । उनी हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् । रियानले गएको वर्ष ११ मिलियन डलर कमाएका थिए । तर यो वषै उनको कमाइ २२ मिलियन डलर अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ भएको छ ।

उनको भिडियो युट्यूबमा करोडौं मानिसले हेर्ने गरेका छन् । उनी रेयान टोयजरिभ्यू नामको युट्यूब च्यानल चलाउँछन् ।

यो यूट्यूब च्यानलबाट रेयानले भ्यूअर्सलाई खेलौनाको दुनियामा लैजान्छन् । फोर्स म्यागाजिनले उनलाई सन् २०१७ मा अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो ।

सम्बन्धित खबर