दश दिनदेखि वृद्ध बेपत्ता !

दियो पोस्ट  

बेझाड, मंसिर २२ । पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता भएका छन् ।

मङ्सिर १३ गते बिहान घरबाट रामपुरको बेझाडमा रहेको मेघा बैंकमा जान भनी जानुभएको र बैंकमा काम सकिएपछि हालसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ ।

आफन्त छरछिमेककहाँ खोजी गर्दा अहिलेसम्म फेला पर्न नसकेको स्थानीयवासी ज्ञानबहादुर गाहाले बताए । चार दिन अगाडि सिलुवाको विद्युत् सवस्टेशन अगाडि नेपाली नगारिकता, मेघा बैंकको चेकबुक र पासपोर्ट साइजको फोटोसहितको झोला फेला परेको उनले बताए ।

उनकी श्रीमती उपचारका क्रममा भारतमा रहहेकी र र बुहारी, नाति नातिनीको साथमा बस्दै आएका थिए । करीब साढे पाँच फुट अग्लो, गहुँगोरो, माथिल्लो ओठमा कालो कोठी भएको, पहेँलो धर्का भएको निलो ज्याकेट, कालो पाइन्ट, चप्पल लगाएका वृद्ध प्रेमबहादुर सार्कीलाई खोजी गरिदिन परिवारले सबैसँग अनुरोध गरेको छ ।