लमहीमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

diyopost.com
Diyo post  शनिबार, मंसिर २२, २०७५ | १३:१७:४२

लमही, २२ मङ्सिर । दाङमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका–१ सल्यान घर भई हाल तुलसीपुर–५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार तुलसीपुर–८ टिकरीमा लु २ त ४१८७ नं को ट्र्याक्टरले शुत्रबार राति ठक्कर दिएको थियो । वलीको घटनास्थलमै मृत्यु भएको हो । चालक फरार छन् । ट्र्याक्टर तुलसीपुर–३ दमारगाउँ जङ्गलमा फेला पारेको हो । प्रहरीका अनुसार चालकको खोजी कार्य जारी छ ।

सम्बन्धित खबर