एभरेष्ट प्रिमियर लिगः रविइन्दरको शतकले भैरहवाको कीर्तिमानी विजय, ४ विकेटले पोखरा स्तब्ध

दियो पोस्ट  

काठमाडौँ, मंसिर २३ । एभरेष्ट प्रिमियर लिगमा आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्सले उच्च सफलता हात पारेको छ । भैरहवाले पोखरा राईनोजले दिएको २१६ रनको लक्ष्य पुरा गर्दै उच्च सफलता हात पारेको हो ।

भैरहवाका लागि भारतिय खेलाडी रविइन्दर सिंहले सतकिय पारी खेले । उनले अविजित ६० बल खैल्दै १० छक्का र ८ चौका प्रहार गरे । पोखराले दिएको लक्ष्य लिगको इतिहासमा अहिलेसम्मकै फराकिलो लक्ष्य मानिएतापनि रविको विस्फोटक ब्याटिङले उक्त लक्ष्य पुरा गर्नको लागि सम्भव भएको हो । भैरहवाका कप्तान शरद भेष्वाकरले ९ बलमा ६ रनमात्र प्रहार गर्न सफल भए । यस्तै आरिफ शेखले २३ रन जोड्दा पुनित मेहेराले अविजित १८ रन जोडे ।

यसअघि पोखराले भैरहवासामु २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय १५ रन बनाउन सफल भएको थियो ।

पोखराका लागि दक्षिण अफ्रिकी खेलाडी  रिचार्ड लेभीले  ७८ रनको योगदान दिए । उनले ३६ बलमा ७ चौका र ७ छक्का हिर्काएका थिए । त्यस्तै कप्तान  जेम्स कोट्जरले ४७ रन बनाए भने सुनील धमलाले ३८ रन जोडे ।भैरहवाका कृष्ण कार्की, रायन टेन, अविनास बोहोरा र पुनित मेहेराले एक एक विकेट लिए ।