एक सय चार कर्मचारी समायोजनमा जाँदै, यस्तो छ अध्यादेशमा ( पुर्णपाठसहित)

Diyo post  

 

काठमाडौं, मंसिर २३ । कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी छन् । सोमबार राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनी रुप लिएको छ । जारी भएको अध्यादेशले कर्मचारीहरु समायोजनमा जानै पर्ने अनिवार्य व्यवस्था गरेको छ ।

अध्यादेश पारित भएसँगै अब श्रेणीविहीनदेखि सह(सचिवसम्मका कर्मचारी समायोजन प्रक्रियामा सामेल हुनेछन् । अध्यादेश अनुसार समायोजनमा सामेल हुने कर्मचारीको दुई ग्रेड थप गरिने छ ।

समायोजन प्रक्रियामा निजामतीतर्फ ८७ हजार र स्थानीय तहतर्फ १७ हजार कर्मचारी सहभागी हुँदैछन् । अध्यादेशमा प्रदेश प्रमुख तथा प्रदेश मन्त्रालयमा सम्भव भएसम्म जेष्ठताको आधारमा खटाइने व्यवस्था गरिएको छ ।

 

सम्बन्धित खबर