हरियो खुर्सानीको फाइदै–फाइदा, क्यान्सरको खतरा कम गर्ने देखि छाला चम्काउनेसम्म

दियो पोस्ट  

काठमाडौँ, मंसिर २५ । पिरो मन पराउने धेरै हुन्छन् । तर, अत्याधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपी, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसंगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेड र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका सौ रोग प्रतिरोधात्मक क्षमता पनि अभिवृद्धी गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । अब यसका फाइदाबारे चर्चा गरौँः

प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट
अरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टकका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरुलाई स्वस्थ रहन मद्दत गर्छ ।

प्रतिरक्षा प्रणाली मजबुत
हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।

रक्तसञ्चार बढाउँछ
प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीब्र बनाउन मद्दत गर्छ ।

क्यान्सरको खतरा कम
सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसको लागि हरियो खुर्सानी एकदर्म उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई पनि कम गर्छ ।

छालामा चमक
हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।

संक्रमणबाट बचाउँछ
हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरु समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ ।

आँखाको दृष्टि
हरियो खुर्सानीमाविभिन्न पोषक तत्व हुन्छन् । आँखाको दृष्टि तेज हुनमा मद्धत गर्दछ ।