राति किन रुन्छन् बच्चा, यस्ता छन् कारणहरु

Diyo post  

काठमाडौँ, मंसिर २५ । साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ , बच्च दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले विभिन्न नयाँ कुराको अनुभव दिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महशुस गर्छ र रुन थाल्छ । बच्च रुने अन्य कारणहरु यस्ता छन् ।

  • बच्चाले सानैदखि सपना देख्ने गर्छन् । यहीक्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकास्मात् ब्युझिन्छन् र रुन थाल्छन् ।
  • बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभावस्वरुप राति भएपछि रुन थाल्छन् ।
  • दिनको समयमा बच्चा केही न केही कुरामा भुलिरहेको हुन्छन् । तर, राति अँध्यारोदेखि डराएर एक्लो महसुस गर्छन् ।
  • बच्चाको आसपासको तापक्रम घटबढ ( जोडो या गर्मी ) हुँदा निद्राबाट ब्यूँझिएर बच्चा रुन थाद्यछन् ।
  • कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि निद्रामै एक्कासी अर्धहोस भएर रुन्छन् ।
  • बच्चाले निद्राबिच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा ओछ्यान चिसो हुन्छ । चिसो भएपछि बच्चा रुन थाल्दछ ।
  • साथै, सुत्ने ठाउँ आरामदायी नहुँदा पनि उनीहरु रुन्छन् ।

सम्बन्धित खबर