इपीएलः विराटनगर र पोखरा भिड्दै, पोखरालाई गर या मरको स्थिति

दियो पोस्ट  

काठमाडौं । काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा पोखरा राइनोज् र विराटनगर वारियर्सले प्रतिस्पर्धा गरिरहेका छन् । लगातार दुई खेलमा हार व्यहोरिसकेको पोखरा विराटनगरविरुद्ध ब्याटिङमा उत्रिएको छ ।

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पोखरा ब्याटिङमा उत्रिएको हो । जारि खेलको ११ औँ ओभर चलिरहँदा पोखराले ५ विकेटको क्षतिमा ५१ रन बनाएको छ । लगातार दुई खेल हारिसकेको पोखरालाई आजको खेलमा जित्नैपर्ने दबाव रहेको छ । अघिल्लो खेल भैरहवा र ललितपुरसंग पराजित भएपछि पोखराको सम्भावनका कम हुँदै गएको हो ।

यता साविकको विजेता विराटनगर वारियर्सलाई दोस्रो चरणमा बलियो सम्भावना राख्नको लागि यो खेल निकै नै महत्वपुर्ण रहेको छ । पारस खड्काको नेतृत्वमा रहेको विराटनगरका दुई विदेशी खेलाडीले दुईदुई विकेट लिसकेका छन् भने बसन्त रेग्मीले एक विकेट लिएको छ ।

भैरहवाविरुद्धको खेलमा पोखराले २१५ रनको फराकिलो लक्ष्यसहितको रन बनाएको थियो यद्यपी अन्तिमसम्म खेलेको भैरहवाले उक्त लक्ष्य पुरा गर्दै पोखरालाई निराश बनाएको थियो ।