वेभसर्फर र स्काइनेटका मालिक सुरेन्द्र क्षेत्रीको ठगीधन्दा : एउटैबाट ३२ करोड झ्वाम !

Diyo post  

काठमाडौं, २५ मंसिर । राजधानीको तिनकुने कोटेश्वरबाट आउँदै गर्दा दायाँ तर्फ एउटा भव्य महल छ – श्री राज भवन । तेस्रो तलामा इन्टरनेट सेवा प्रदायक कम्पनि वेभ सर्फर र चौथो तलामा स्काइनेट नामक अर्को कम्पनि मार्फत बार्षिक करोडौँको नाफा कमाउने कम्पनि । तर, सोही कम्पनिका मालिकले भने एक विदेशी नागरिकलाई ठगी गरेको पाइएको छ ।


वेभसर्फरका सञ्चालक तथा स्काइनेटका मालिक सुरेन्द्र क्षेत्री ‘सुरेन’ले एक विदेशी नागरिकलाई ३२ करोड बराबर ठगी गरेको पाइएको छ ।


‘वेभसर्फर नेपाल कम्युनिकेशन सिस्टम’ नामक कम्पनिका सञ्चालक समेत रहेका उनलाई महानगरीय प्रहरी परिसरले ठगी आरोपमा पक्राउ गरेको छ । क्षेत्रीका तीन दाजुभाई मिलेर बेलायती नागरिक दिनेश भनिने कपी भिमल नाथनबाट ३२ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

 


प्रहरीका अनुसार क्षेत्रका दाजु भाईहरु, सुरेन्द्र सुमन र एक व्यक्ति मिलेर बेलायती नागरिकलाई नक्कली कागजातमा शेयर प्रमाणपत्र दिएर ३२ करोड रुपैयाँ ठगी गरेका थिए । स्रोतका अनुसार क्षेत्रीले ठगीकै पैसाबाट ‘स्काई नेट नामक अर्को कम्पनि खडा गरी कारोबार थालेका छन् ।


बेलायती नागरिक दिनेशलाई उनीहरुले विभिन्न पटक पटक झुक्याएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले बेलायती नागरिकलाई शेयर सदस्य दर्ता, शेयर छुट्याउन र विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट स्विकृति लिनुपर्छ’ भन्दै करोडौं ठगी गरेका थिए ।


स्रोतका अनुसार क्षेत्री दाजुभाईले कम्पनि रजिष्टरको कार्यालयमा २०५७ साल कार्तिक १७ गते ‘वेभसर्फर नेपाल कम्युनिकेशन सिस्टम नामक कम्पनि दर्ता गराएका थिए । दर्ता नम्बर १४१८० रहेको उक्त कम्पनिलाई पब्लिक कम्पनिको रुपमा दर्ता गरिएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर