यी महिला को हुन् जसले इरानमा ‘हिजाब’ लगाउन अस्वीकार गरिन् ?(भिडियोसहित)

Diyo post  

गत डिसेम्बरमा तेहरानमा एक महिलाले मौन विरोध गरिन्। सेतो झण्डा फहराएको उनको तस्वीर भाइरल भयो।

उनी एक महिना जेल समेत परिन्। उनी भन्छिन् ‍- मेरा लागि यो एक सुन्दर ढङ्गले गरिएको नागरिक अवज्ञाको एउटा उदाहरण थियो।

इरानमा ‘हिजाब’को विरोध

इस्लामिक गणतन्त्र इरानमा महिलाले टाउको छोप्ने कपडा वा ‘हिजाब’ लगाउन अनिवार्य छ।

इरानका अधिकारीहरुले हिजाब नलगाउने र सार्वजनिक स्थलमा त्यसविरुद्ध प्रदर्शन गर्ने कम्तीमा २९ जना महिलाहरुलाई पक्राउ गरेका छन्।

तर राष्ट्रपति हसन रुहानीले एउटा तीन वर्षअघि गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गरेका छन् जसमा इरानका झण्डै आधा जनता ‘हिजाब’लाई अनिवार्य गर्न नहुने पक्षमा रहेको देखाइएको छ।

‘हिजाब’ लगाउनै पर्ने नियम कडाइका साथ लागू गर्ने कि नगर्ने भन्नेबारे इरानी अधिकारीहरुभित्र नै विवाद रहेको देखिन्छ।

हेर्नुहोस बिबिसीले तयार पारेको रिपोर्ट भिडियोमा

 

सम्बन्धित खबर