शेयर बजारमा झिनो सुधार

दियो पोस्ट  

काठमाडौँ, मङ्सिर २६ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका दश उपसमुहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०।६५ र बीमा २३.६४ विन्दुले बढेको छ ।

बैंकिङ १.३३, होटल ३७.२७, विकास बैंक २.५७, निर्जीवन बीमा १०.६९ र लघुवित्त ८.४६ विन्दुले घटेको छ ।

सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रो पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेशिभ फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् ।

सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् । (रासस)

TATA ADD