बुबाले शौचालय बनाउने बाचा पुरा नगरेको भन्दै छोरीले गरिन् उजुरी !

Diyo post  

भारत, मंसिर २७ । भारतमा आफ्ना बुबाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै ७ वर्षकी बालिकाले प्रहरीमा उजुरी गरेकी छिन् । प्रहरीलाई पत्र लेख्दै ७ वर्षकी हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न प्रहरीसँग आग्रह् गरेकी छन् ।

हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको बताएकी छन् ।
अझै धेरै भारतीयहरूको घरमा शौचालय छैन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय खुल्ला ठाउँमा शौच गर्छन्।

कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय नबनेपछि उनीले यस्तो उजुरी दिएकी हुन् ।
बीबीसी तमिलकी कृतिका कण्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन् ।
उनी नर्सरी कक्षामा पढिरहेको बेला हनिफाले आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन्

प्रहरीमा उजुरी गर्दै हनिफा जारा
बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुने गरेको भन्दै उनले शिक्षा पाएर आफू उत्प्रेरित भएको बताएकी छिन् ।
प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन् ।
पत्रमा उनले लेखेकी छन्,–‘नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु’

‘मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनुभएको छ । यो एक किसिमको धोका हो। त्यसैले उहाँलाई पक्राउ गरियोस्’
हनिफाका बुवा एहसानुल्लाहले घरमा शौचालय बनाउन थालिसके पनि रकम अभावमा त्यो पूरा हुन नसकेको जनाएको छ ।
हनिफासँग थप समय मागेको तर वाचा पूरा गर्न नसकेकोले उनले मसँग बोल्नै छाडेकी बुबा एहसानुल्लाले बताएका छन् ।

सम्बन्धित खबर