टर्कीमा रेल दुर्घटनाः चार जनाको मृत्यु ४३ घाइते

दियो पोस्ट  

 

अङ्कारा, मङ्सिर २७ । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् ।

गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको रेल अधिकारीले बताएका छन् ।

एकै रेल लाइनमा दुई इन्जिन जुधेर भएको सो दुर्घटनाबाट चार सर्वसाधारणको मृत्यु हुनुका साथै ४३ घाइते भएको अङ्कारा राज्य गभर्नर भसिप साहिलले बताएका छन् । सरकारले उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको छ ।