इपिएलः विराटनगर विरुद्ध ब्याटिङ गर्दै चितवन

diyopost.com
Diyo post  शुक्रबार, मंसिर २८, २०७५ | ९:४३:१९

काठमाडौ, मंसिर २८ । काठमाडौँमा जारि टिभिएस एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा बिराटनगर र चितवन मैदान उत्रिएका छन् । पारस खड्का नेतृत्वमा रहेको विराटनगर वारियर्सले टस जितेपछि चिवनले ब्याटिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानम भइरहेको खेलमा दिपेन्द्रसिंह ऐरि नेतृत्वको चितवनले ब्याटिङ गरिरहेको छ । ७ ओभरको खेल चलिरहँदा चितवनले एक विकेट गुमाउँदै ६२ रन बनाएको छ ।

ओपनिङ ब्याट्सम्यान् सन्दीप सुनार २२ बलमा ६ चौका प्रहार गर्दै ३० रन बनाएर बाहिरिएका छन् । उनलाई बिराटनगरका बसन्त रेग्मीले आउट गरेका हुन् । अहिले आयरल्याण्डका पाउल स्टर्लिङ र जोन सिम्पसन क्रिजमा छन् । स्टर्लिङले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् ।
विराटनगरबाट करण केसी, बसन्त रेग्मी र रविन क्षेत्री बलिङमा छन् ।

सम्बन्धित खबर