हर्न बजाउनेलाई रु ५०० का दरले जरिवाना

diyopost.com
Diyo post  सोमबार, पौष ०२, २०७५ | ११:३०:५९

नेपालगन्ज, पुष २ । नेपालगञ्जमा हर्न निषेध उल्लङ्घन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेको छ । पहिलो पटक नगद जरिवाना गरेर छोडिएको ट्राफिक कार्यालय नेपालगञ्जले जनाएको छ । आइतबार १२ सवारीसाधनलाई जरिवाना गरिएको छ ।

‘नो हर्न’ क्षेत्रमा हर्न बजाएकाले दुई बस, दुई ट्रक, तीन जिप र पाँच मोटरसाइकललाई ट्राफिकले प्रत्येक सवारीसाधनबाट रु ५०० का दरले जरिवाना लिएको जिल्ला ट्राफिक कार्यालय नेपालगञ्जका प्रमुख हिरेन्द्र रोकायले जानकारी बताए । (रासस)

सम्बन्धित खबर