धादिङ सल्यान्टारका ३६ बालबालिकालाई खाद्यान्न तथा जाडोका कपडा वितरण

दियो पोस्ट  

धादिङ, पुस ५ । । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टारमा रहेको रुपानुगा परा बिद्यापिठ नरसिंह धाममा रहेका वालवालिकाहरुका लागि खाद्यान्न तथा जाडोका कपडाहरु वितरण गरिएको छ ।

यूएईमा कार्यरत काठमाण्डौं बालकोटका सन्तोष अधिकारी, काँडाघारीका राजकुमार थापा, ताँचल बस्ने बद्री प्रसाद हुमगाँई र धादिङका प्रकाश श्रेष्ठ र यूएईमै कार्यरत पुकार श्रेष्ठले लगभग ४५ हजार बराबरको खाद्यन्न र लत्ताकपडा वितरण गरिएको प्रकाश श्रेष्ठले जानकारी दिए । खाद्यन्न र लत्ताकपडा ३६ जना बालबालिकालाई वितरण गरिएको हो ।

मंगलबार एक कार्यक्रम गरि त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण बहादुर खत्रीले वालवालिकाहरुलाई हस्तान्तरण गरे । डोल्पा, मुगु, सल्यान, कालिकोट लगायतका जिल्लाहरुका वालवालिकाहरु आश्रय लिएर बसेका ४५ जना वालवालिकाहरुका लागि खाद्यान्न र लत्ता कपडा वितरण गरिएको हो ।