जासूसी गरेको आरोपमा १६ कर्मचारी बर्खास्त

जासूसी गरेको आरोपमा १६ कर्मचारी बर्खास्त

जर्मनी, मंसिर १६ । यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ ।

उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो ।

जर्मनीको राष्ट्रिय समाचार संस्था ९डीपीए० का अनुसार एअरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस बिषयमा बिस्तृत विवरण उनीहरूलाई दिइएको छैन ।

जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एअरबसका कर्मचारीमाथि आन्तरिक जासूसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका स्रोतको दाबी छ ।

उनीहरूले म्यूनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा सीआइएसमा साइबर सुरक्षा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे ।

यस बिषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।

कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एअरबसले यसपहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बर्खास्तमा परेका एअरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य बिषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले जनाएका छन् ।

Trending News