काठमाडौं, मंसिर १८ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई ४० हजार रुपैयाँ घुस सहित बुधबार पक्राउ गरेको हो ।
सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिदै गर्दा उनीहरुलाई कार्यलय परिसरबाटै पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।