शुक्रपथ सहकारीद्वारा माइती नेपाललाई खाद्यान्न बितरण

शुक्रपथ सहकारीद्वारा माइती नेपाललाई खाद्यान्न बितरण

काठमाडौँ । बिश्व अपाङ्ग दिवसको अवसरमा शुक्रपथ बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा माइति नेपालमा रहेका अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष निरहरी प्रसाद उपाध्यायले माइति नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।


संस्थाले चालिस बोरा चामल, एक बोरा दाल, एक बोरा चना, तीन बोरा मस्यौरा, चार कार्टुन तेल, तीन बोरा कपडा धुने सरफ, एक बोरा राजमा, आठ कार्टुन स्याउ र दुई क्यारेट केरा बितरण गरेको संस्थाका संचालक अर्जुन बिश्वकर्माले जानकारी दिए । उनले गरिव, असहाय, तथा शारिरिक रुपमा असक्षमहरुलाई संस्थाले सहयोग गर्दै आएको र यसपटक भने माइति नेपाललाई सहयोग गरेको बताए ।

माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले शुक्रपथ सहकारी संस्थाले आफ्नो संस्थामा रहेका अपाङ्गता भएका बच्चाहरुका लागि सहयोग गरेको प्रति खुसि ब्यक्त गरिन् । उनले संस्थालाई धन्यवाद दिँदै आउदा दिनमा पनि यस्तै खाले सहयोग आउने कुरामा अफु बिश्वस्थ रहेको बताईन् ।


कार्यक्रममा संस्थाका संचालक समिति र पाँचवटै सेवा केन्द्रका उच्च पदस्त कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Trending News