मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मलंगवा, मंसिर १९ । मलंगवा नवलपुर सडकखण्डअन्तर्गत सर्लाही सदरमुकाम मलंगवा ११ गम्हरियामा मोटरसाइकलको ठक्‍करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका ७ गणेशियाका ६० वर्षीय धरिक्षण राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प ५६९१ नम्बरको मोटरसाइकले खेततर्फ जाँदै गरेको अवस्थामा रायलाई ठक्‍कर दिएको थियो । ठक्‍करबाट राय गम्भीर घाइते भएका थिए । उपचारका लागि सर्लाही अस्पताल मलंगवा ल्याउँदै गर्दा बाटोमा रायको ज्यान गएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए।

चालक लालबन्दी नगरपालिका १ नवलपुरका २६ वर्षीय अबलेश मिकरानी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Trending News