शेयर बजारमा ७ दशमलव ४५ अंकको बृद्धी

शेयर बजारमा ७ दशमलव ४५ अंकको बृद्धी

काठमाडौं । पछिल्ला तीन दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर सुधार हुन थालेको छ । बिहीबार नेप्से ७.४५ अंकले बढेर परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ ।

कुल १६८ वटा कम्पनीको १० लाख ९५ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकसँगै कारोबार रकम शेयर संख्यामा पनि सुधार आएको छ ।

कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक सबै समूह बढेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस कम्पनीको शेयर बुधबार पनि उच्च कारोबार भएको थियो ।

Trending News