काठमाडौँ, मंसिर २२ । शनिबार भएको पीएसजी र मोन्टपेलरबिचको खेलमा पीएसजीका गोलकिपर नाभासमाथि बोतल प्रहार भएको छ ।
कोस्टारिकन गोलकिपर नाभासमाथि खेलको दौरान दर्शकबाट बोतल प्रहार भएको हो । खेल चलिरहँदा नाभासको नजिकैबाट पानी बोतल मैदानमा तिव्र गतिमा प्रवेश गरेको देखिन्थ्यो ।
अफ्नो पोस्ट नजिक अप्रत्याशित रुपमा बोतल प्रहार भएको देखेपछि नाभास केही निराश देखिएका थिए ।
उक्त खेलमा नाभासमाथि भएको व्यवहारप्रति पीएसजीले भने केही प्रतिकृया दिएको छैन । उक्त खेलमा मोन्टपेलरबिरुद्ध पीएसजी ३–१ ले विजयी भएको थियो ।