एजेन्सी, २४ मंसिर । म्यानमारकी नेतृ आङ सान सुची नरसंहार मुद्दामा जवाफ दिन द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन्।
अफ्रिकी मुलुक गाम्बियाले नोभेम्बर ११ मा म्यानमारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेको थियो।
म्यानमारले अल्पसंख्यक मुस्लिम रोहिंगा समुदायमाथि गरेको अत्याचारबारे सुचीले द कोर्ट अफ जस्टिसमा जवाफ दिने बताइएको छ ।
म्यानमारमाथि सन् २०१७ मा रोहिंगाहरुको आम नरसंहार गरेको आरोप लागेको छ ।