धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १२ जना घाइते (घाइतेको नामसहित)

दियो पोस्ट  

धादिङ, मंसिर २६ । धादिङको ज्वालामुखी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धादिङ सदरमुकाम धादिङवेशीबाट ढोला जाँदै गरेको बा २० च ७५५६ नम्बरको बोलेरो ज्वालामुखी गाउँपालिका ५ साँधभञ्ज्याङ नजिकै दुर्घटना भएको हो ।

धादिङबाट आउँदै गरेको बोलेरो अनियन्त्रित भएर सडकको भित्तामा धस्सिएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा ज्वालामुखी–४ ढोलाका योगेश्वर अर्याल, राधिका अर्याल र कृष्ण माया अर्यालको अवस्था गम्भिर भएको इलाका प्रहरी कार्यलय साँधभञ्ज्याङका प्रहरी जवान अजय पासवानले दियोपोस्टलाई जानकारी दिएका छन् । त्यस्तै मिक बहादुर बस्नेत, भोज बहादुर अर्याल, राम बहादुर अर्याल घाइते भएका छन् ।

दुर्घटनामा चालक सुमन श्रेष्ठको खुट्टा भाँचिएको छ । बोलेरोमा सवार अन्य तीन जना दिपक श्रेष्ठ, मिथुन रमतेल र सरोज अर्याल भने सामान्य घाइते भएको घटनास्थलबाट प्रहरी जवान पासवानले बताएका छन् । सदरमुकामबाट एम्वुलेन्स बोलाइ पनि ढिला हुने कारणले स्थानीय सवारी साधनमा हालेर जिल्ला अस्पताल धादिङवेशी पुर्याइएको उनले बताए ।