साँगाको प्रहरी स्कुलमा अन्तर विद्यालय स्तरिय आइजीपी फुटबल रनिङ ट्रफी हुने

साँगाको प्रहरी स्कुलमा अन्तर विद्यालय स्तरिय आइजीपी फुटबल रनिङ ट्रफी हुने

काभ्रेपलाञ्चोक, २७ मंसिर । नेपाल प्रहरी स्कुल साँगामा २७ औँ अन्तरविद्यालय स्तरिय आइजीपी फुटबल रनिङ ट्रफी आयोजना भएको छ । शुक्रबार प्रहरी नायव महानिरीक्षक नारायण सिंह खड्काले शुक्रबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्‍घाटन गरेका छन् ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक खड्काले अक्तिरिक्त क्रियाकलापले भविष्य उज्जवल बनाउनुका साथै विद्यार्थीको आत्मबल बढाउन मद्दत पुर्‍याउने बताए । विद्यार्थीहरुलाई अनुशासित, आत्मबल, क्रियाशिल, प्रतिस्पर्धी सोच र सामुहिक भावनाको विकास गर्न खेलकुदले सहयोग पुर्‍याउने उल्लेख गर्दै शारीरिक र मानसिक अवस्थालाई सन्तुलित राख्दै उच्च शिक्षा हासिल गर्न थप हौसला प्रदान गर्ने विचार व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल सन्जिव अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बिद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यबाद ज्ञापन गरेका थिए ।
उदघाटन कार्यक्रममा नेपाल प्रहरी स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगाका ए र बि टीम, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा ७ विद्यालयका ८ टीमको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रहरी बरिष्ठ अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Trending News