इंग्लिस प्रिमियर लिगमा तीन खेल हुँदै, सीटी र आर्सनल भिड्दै

दियो पोस्ट  

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न तीन खेल हुँदैछ ।

प्रिमियर लिगमा आइतबार साविक विजेता म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

उपाधि दाबेदार क्लब सिटीले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ । आर्सनल र सिटीबीचको खेल राति १०ः१५ बजे सुरु हुनेछ ।

इमिरेट्स स्टेडियममा सिटी आर्सनललाई हराउँदै शीर्ष दुई क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । यस्तै आर्सनल सिटीलाई हराउँदै शीर्ष पाँचका टोलीसँग अंक दुरी कम गर्न चाहन्छ ।

सिटी १६ खेलमा ३२ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । आर्सनल २२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । घरेलु मैदानमा युनाइटेड जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ । छैटौं स्थानको युनाइटेडको २४ अंक रहेको छ ।

त्यस्तै टोटेनहमले वुल्भ्ससँग उसैको मैदानमा खेल्नेछ । टोटेनहम र वुल्भ्सबीचको खेल ७ः४५ मा सुरु हुनेछ ।