
काठमाडौँ, मंसिर २९ । सुनको मुल्यमा एकैदिन पाँच सयले बृद्धी भएको छ ।
शुक्रबार सम्म तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ ।
तेजावी सुन भने ७१ हजारमा कारोबार भएको छ ।
चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।