
Emergency personnel carry a body during a search for survivors in a collapsed building in Durres, after an earthquake shook Albania, November 28, 2019. REUTERS/Florion Goga - RC2DKD97F0FV
बीबीसी । अल्बानियामा गत महिना शक्तिशाली भुकम्पबाट ५१ जना भन्दा बढी मानिसहरुको मृत्यु भएपछि अवैध रुपमा भौतिक संरचना बनाउने र बनाउन सहयोग गर्ने १७ भन्दा बढी ब्यक्तिहरु बिरुद्ध पक्राउ पुर्जी जारि गरिएको छ ।
अवैध रुपमा अग्लाअग्ला संरचना बनाउने भवन निर्माणकर्ता र इन्जिनियरबिरुद्ध त्यहाँको प्रहरीले पक्राउ पुर्जी जारि गरेको हो । पक्राउ पुर्जी जारिपछि प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरिसकेको जनाएको छ । पक्राउ परेका २ जना तटीय नगर डुअरेसस्थित होटलका मालिक हुन्। उक्त दुवै होटल भूकम्पमा भत्किएका थिए। उनिहरुबिरुद्ध हत्याको मुद्धा चलाइने बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पुर्जी जारि भएपछि केही अभियुक्तहरु देश छाडेर भागेका छन् । उनिहरुको खोजीकार्य तीब्र पारिएको प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
रिक्टर स्केलमा ६.४ म्याग्निट्यूडको उक्त भूकम्पका कारण ५१ जनाको ज्यान गएको थियो। नोभेम्बर २६ को सबेरै उक्त भूकम्प आउँदा अधिकांश मानिस सुतिरहेका थिए।
सन् १९९० मा कम्युनिस्ट शासनको अन्त्य भएपछि अल्बेनियामा अवैध निर्माणको सङ्ख्या बढेको बताइन्छ। भूकम्पले १४ हजार मानिस घरबारविहीन भएका छन्।
सन् १९९० को दशकको सुरुतिर कम्युनिस्ट शासन ढलेपछि कैयौँ मानिसहरू सहरतर्फ बसाइँ सरे। सहरहरूमा सरकारको सुपरीवेक्षणविना नै निर्माणकार्य हुन थाल्यो। कतिपय त्यस्ता भवनहरू पछि वैध बनाइएका थिए।