बेन स्टोक्सलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड

दियोपोस्ट संवाददाता

एजेन्सी । इंग्ल्याण्डका क्रिकेटर बेन स्टोक्सले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ दि ईयर अवार्ड जितेका छन् ।

विश्व भरमा खेलकुद समर्थकहरुको भोटको आधारमा स्टोक्सले अवार्ड जितेका हुन् ।

अवार्ड जित्ने क्रममा उनले फर्मुला वानका लेविस ह्यामिल्टन र स्प्रिटर डीना अशेर स्मिथलाई पछि पारे ।

अलराउन्डर स्टोक्सले घरेलु मैदानमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जसको कारण इंग्ल्याण्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएर पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

यस्तै इंग्ल्याण्डको विश्वकप क्रिकेट टिमले टिम अफ दि ईयर अवार्ड जितेको छ ।

बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ दि ईयर अवार्ड म्याराथन धावक इलिड किपचोगेले जिते ।

कोच अफ दि ईयरु जोन ब्लाकीले जित्दा ुयोङ स्पोर्ट्स पर्सनालिटी अफि दि ईयरु अवार्ड कारोलिन डुबोइसले हात पारे ।

सम्बन्धित खबर