एजेन्सी । पाकिस्तानका पुर्व राष्ट्रपति परबेज मुसर्ररफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । मंगलबार पाकिस्तानको विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्धामा मृत्युदण्डको सजाय सुनाएको हो ।
पाकीस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले पाकिस्तानको इतिहासमै पहिलो पटक पुर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २–१ को हिसाबमा मृत्युदण्ड दिइएको हो । फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ ।
पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो ।