कीर्तिपुर प्रहरीको नियन्त्रणमा रहेका थुनुवा फरार

दियो पोस्ट  

काठमाडौँ । चोरीडकैतीको मुद्दामा सोधपुछको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा लगिएका एक थुनुवा फरार भएका छन् । आइतबार बिहान शौच गर्ने बहानामा अभियुक्त रिजन थापा क्षेत्री फरार भएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी छेदीलाल कमातीले जानकारी दिए।

‘हिजो बोलाएर सोधपुछ गरेका थियौं,’ डिएसपी कमातीले भने,‘आज काम सकाएर छोड्नेमा थियौं तर पहिल्यै शौच गर्न जान्छु भनेर भाग्यो।’ अहिले प्रहरीले खोजी तलासी गरिरहेको प्रहरीले जनाएको छ।