बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता

वीरगञ्ज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा बारास्थित विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् । अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । राउतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको उनले बताए ।

सम्बन्धित खबर