
काठमाडौँ । थानकोटको गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको महानगरी प्रहरी वृत थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।
उनी प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउँन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको डीएसपी श्रेष्ठले बताए ।
यसैबीच, हिजोमात्रै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो ।
बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय पन्तलाई ठक्कर दिएको थियो ।