कन्सल्टेन्सीको नाममा ठगी धन्दा, धादिङ कटुञ्जेका मान बहादुर पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष ९ । वैदेशीक रोजगारमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने धादिङका एक युवा पक्राउ परेका छन् । धादिङको साविक कटुञ्जे गाविस–९ घर भएका मान बहादुर तामाङलाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो ।

आफु रेहाना कन्सल्टेन्सीको संचालक भएको र त्यसमार्फत विभिन्न देश पठाइदिन्छु भन्दै तमाङले ठुलो रकम ठगी गर्ने पाइएको हो । उनले म्याग्दी घर भई काठमाडौँ सामाखुशी बस्दै आएका ५० बर्षीय हुमलाल गुरुङलगायतका ब्यक्तिहरुलाई वैदैशीक रोजगारमा पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

मोटो रकम लिएर सम्पर्कविहीन हुने र सम्पर्कमा आएपनि विभिन्न बहानाबाजी गर्न थालेपछि पीडितहरु अपराध महाशाखामा उजुरी गर्न पुगेका हुन् । पीडितको उजुरीको आधारमा तामाङलाई मंगलबार दिउँसो ४ बजेको समयमा डिल्लीबजारबाट पक्राउ गरिएको महानागरिय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका तामाङलाई अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

सिफारिस