काठमाडौँ, पुष १० । पोखरा प्रिमियर लिगमा बिहीबार इलिमिनेटर राउण्डको पहिलो खेल हुँदै छ । फाइनलको लागि हुने खेलमा बिराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबिच हुँदैछ ।
पोखरा रंगशालामा सो खेल मध्यान्ह १२ बजे बाट शुरु हुनेछ ।
आजको बिजेताले फाइनलमा स्थान सुरक्षित गर्ने छ । पराजित भएको टिम खेलबाट बाहिरिने छ ।
लिग चरणको अन्तिम खेलमा बिराटनगरले बुटवलमाथि शानदार जित दर्ता गर्दै काठमाडौँ गोल्डेन वारियर्सलार्य प्रतियोगिताबाट घर पठाएको थियो । बुधबार भएको खेलमा बुटबलले दिएको १ सय ३४ रनको लक्ष्य बिराटनगरले ११ ओभर ४ बलमै पुरा गर्दै इलिमेशन खेलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
प्रदीप ऐरिको कप्तानी रहेको बिराटनगरमा दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल , सुनिल धमला , दिलिप नाथ, लोकेश बम, पुनित मेहरा, मोहम्मद जायद आलम रहेका छन् ।
सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्सले लिग चरणमा पाँच खेलमध्य ३ खेल जित्दै एक खेलमा हार ब्यहोरेको छ । बुटवलमा सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोंक रहेका छन् ।