सर्वाधिक गोलकर्ताको उत्कृष्ठ पाँच जनामा रोनाल्डो परेनन्, मेस्सी दोस्रो स्थानमा

दियो पोस्ट  

एजेन्सी । सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडीको सुचि तयार भएको छ । उत्कृष्ठ पाँच जनाको सुचिमा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो भने अटाएनन् ।

सुचिको पहिलो स्थानमा वायर्न म्युनिखका राबेर्ट लेवनडोस्कि रहेका छन् । उनले कुल ५४ गोल गरेका छन् भने दोस्रो स्थानमा बार्सिलोनाका लियोनल मेस्सी ५०, एम्बाप्पे ४४, रहिम स्टेरलिङ ४१ र एरन जहाबिको ४० गोल रहेको छ ।

स्पेनीस क्लब रियल मड्रिडमा रहँदा सर्बाधिक गोलकार्ताको रुपमा नाम आउँने रोनाल्डो यसपटक ५ जनाको सुचिमा अटेका छैनन् ।

रोनाल्डोको यस सिजन युभेन्टसका लागि २५ र पोर्चुगलका लागि १४ गोल गरेर कुल ३९ गोल रहेको छ । रोनाल्डोको यो शताब्दिकै सबैभन्दा कम गोल संख्या हो ।

रोनाल्डोले यसभन्दा अघि २०१३ मा ६९, २०१४ मा ६१, २०१५ मा ५७, २०१६ मा ५५ गर्दै क्रमश गोल संख्यामा कमी हुँदै २०१७ मा ५३, २०१८ मा ४९ र अहिले २०१९ मा ३९ गोल रहेको छ ।