सुनिल धमलाको अर्धशतकले बुटवललाई १ सय ६६ रनको लक्ष्य

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष १० । पोखरा प्रिमियर लिगको बुधबार भएको खेलमा बिराटनगर टाइटन्स ले बुटवल ब्लास्टर्स सामु १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको इलिमिनेशन चरणको खेलमा पहिलो ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको हो ।

१६५ रनको योगफल तयार गर्नका लागि बिराटनगरका सुनिल धमलाले अर्धशतक माथि रन जोडे । उनले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६१ रन बनाए । प्रतियोगितामा सुनिलको यो पहिलो अर्धशतक हो । त्यस्तै मोहम्मद जेइद आलमले २० रन बनाए । उनले १३ बलमा ३ चौका प्रहार गरे । कप्तान प्रदीप ऐरिले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गर्दै ३३ रनको योगदान गरे । इनिङको अन्त्यतिर आएका ऐरिले १३ बलमा ४ छक्का र १ चौकाको सहायताले ३३ रन जोडे । अन्तिम ओभरमा ऐरिले १९ रन बनाए । उनले ६ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

ब्याटिङतर्फ लोकेश बम र पुनित मेहराले समान १९÷१९ रन बनाए । अन्तिम चरणमा आएका मनिस थापाले २ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ बुटवलका हर्स टोंकले २ विकेट लिए भने अभिनाश बोहरा र ललित भण्डारीले समान एकएक विकेट लिए ।

प्रतियोगिताको फाइनल पुग्नका लागि बिराटनगरलाई आजको खेल जित्नैपर्ने दबाव रहेको छ । बिराटनगर पराजित भएको खण्डमा बुटवल फाइनलमा पुग्ने छ । आजको बिजेताले शुक्रबार पारस खड्का नेतृत्वको चितवन राइनोज् सँग प्रतिस्पर्धा गर्ने छन् ।

सम्बन्धित खबर

सिफारिस