काठमाडौँ, पुष ११ । कजाकस्तानको अल्माडी विमानस्थलमा सय जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । अल्माटीबाट राजधानी नुरसुल्तानको लागि उडान भरेको बेक एयरको विमान दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
विमानमा ९५ जना यात्रु र चालकदलका ५ जना सहित सय जना रहेको बताइएको छ । उक्त विमान स्थानीय समयअनुसार ७ बजेर २२ मिनेट जाँदा दुर्घटना भएको हो । मौसम प्रतिकुल भएको समयमा विमान उडाइएको कारण पनि दुर्घटना भएको अन्तराष्ट्रि समाचार संस्थान रेउटर्सले जनाएको छ । शुत्रबार विहान बाक्लो हुस्सु र आकाशमा बादल लागेको भएतापनी विमान उडाइएको थियो ।
कजाकस्तानको नागरिक उड्ययन समितिले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने केहीको जिवितै उद्धार गरिएको छ । समितिका अनुसार विमानले टेकअफको समयमा उचाई गुमाउन पुगेको थियो । जसकारण विमान २ तले भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा आगो भने नलागेको बताइएको छ ।
दुर्घटनापछि सुरक्षाकर्मी र तालिमप्राप्त अधिकारी सहित स्थानीयहरु समेत उद्धारमा लागेका छन् ।