इंग्लिस प्रिमियर लिगः न्युकाशलबिरुद्ध म्यानचेस्टरको सहज जित

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष ११ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले न्यूकासलबिरुद्ध ४–१ गोल अन्तरको सहज जित निकालेको हो ।

म्यानचेस्टरको घरेलु मैदानमा भएको खेलको १७ औं मिनेटमा न्यूकासलका माथ्यु लङस्टाफले गोल गर्दै अग्रता दिलाएका थिए । तर, २४ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

३६ औं मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २(१ को अग्रता दिलाए । ४१ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दा युनाइटेडको अग्रता ३(१ को बन्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ४(१ को जित दिलाए ।

जितसँगै युनाइटेडले १९ खेलमा २८ अंक जोडेको छ । युनाइटेड लिगको सातौं स्थानमा रहेको छ । २५ अंक जोडेको न्युकासल दशौँ स्थानमा रहेको छ ।