एजेन्सी । आतंकवादी समुह इस्लामिक स्टेट (आइएस) ले ११ जनाको घाँटी रेटेर हत्या गरेका छन् । आइएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत एक भिडियो सार्वजनिक गर्दै नाइजेरियामा ११ जनाको हत्या गरेको जानकारी दिएको हो ।
आइएसले सार्वजनिक गरेको उक्त भिडियो ५६ सेकेण्डको रहेको छ । उनिहरुले यसै बर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनिहरुको हत्या गरेको बताएको छ ।
उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ । बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।
हत्या गरिएकाहरु सबै पुरुष छन् । यद्यपि उनीहरुको परिचय भने खुलेको छैन । आईएसका अनुसार उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो ।