
बर्दिवास । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले कलिला बालबालिकाहरुको स्वस्थ्य समस्या देखिएपछि सोमबारदेखि शुक्रवारसम्मका लागि बर्दिवास नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखाका अधिकृत गणेश दाहालले आइतबार सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए ।
उनले यो बर्षको सञ्चित वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएकोे पनि बताएका छन् ।