सपनालाई राइटपाथको सम्मानसहित १० हजार सहयोग

दियो पोस्ट  

काठमाडौं, १९ मंसिर । बीबीसीको शक्तिशाली र प्रेरणादायी १ सय महिलाको सुचीमा पर्न सफल नेपालकी सपना रोका मगरलाई राईटपाथ करियर काउन्सेलिङले नगदसहित सम्मान गरेको छ ।

उनीसहित सोनाली पुन मगरलाई पनि राइटपाथले जनही १० हजार रुपैयाँले सम्मान गरेको हो । राजधानीको पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सेलिङको कार्यालयमा भएको कार्यक्रममा १० हजार रुपैयाँको चेक सिइओ फिलिप डिसीले हस्तान्तरण गरे ।


चेक हस्तान्तरण गर्दै सिइओ डिसिले सानै उमेरमा प्रेरणादायी कार्य गरेको भन्दै सपना रोका र सोनाली पुनको प्रशंसा गरे । आफूले थप उर्जा होस् भन्ने हेतुले सम्मान पूर्वक रकम हस्तान्तरण गरेको उनले बताए ।


कार्यक्रममा बीबीसीको प्रेरणादायी महिलाको सुचीमा पर्न सफल सपना रोका मगरले राइट पाथको सम्मानले आफूलाई थप उर्जा मिलेको बताइन् । राइटपाथले उक्त कार्यक्रममा ४० हजार रुपैयाँ बराबरको ५ सय थान केएन ९५ मास्क समेत हस्तान्तरण गरेको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ