दोस्रो बिहे गर्दै हास्य कलाकार मनोज गजुरेलले

दियो पोस्ट  

काठमाडौं, २२ मंसिर । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएका हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवहा गर्ने भएका छन् ।

महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको गजुरेलले बताइएको छ ।

दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।

सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए ।

२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।

सम्बन्धित खबर