काठमाडौं, २३ मंसिर । गृहमन्त्री राम बहादुरका पुत्र प्रतिक थापाले विवाह गरेका छन् ।
गृहमन्त्री थापाका स्वकिय सचिव समेत रहेका प्रतिक जनयुद्धकालमा देहरादुनमा बसेर पढेका थिए ।
बाबु भूमिगत भएपनि छोरा प्रतिक भने युद्धकालदेखि नै अध्ययनमा लागेका हुन् ।
गृहमन्त्रीका राजनीतिक सल्लाहाकार सुर्य सुवेदी पथिकले प्रतिकको विवाहको तस्विर समेत सार्वजनिक गरेका छन् । गृहमन्त्री थापाका पुत्र प्रतिकले हिन्दु परम्परा अनुसार विवाह गरेको तस्विरमा देखिएको छ । थापाले डा. जेनी पुनसँग विवाह गरेका हुन् ।